वि.सं.२०८० साल साउन २५ गते । बिहीवार । ईश्वी सन् २०२३ अगस्ट १० तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शुभचिन्तकहरूको सहयाेगले फाइदा उठाउन सकिनेछ । किनमेलमा केही खर्च लागे पनि महत्त्वपूर्ण सामान जाेड्ने समय छ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । तर आत्मविश्वासको कमीले मनमा डर लाग्न सक्छ । वादविवादबाट टाढा रहनुहोला । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ । आँटेको काम तत्काल बन्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएकाे थाहा नहुन सक्छ । उपकरण बिग्रनाले मर्मतमा खर्च गर्नुपर्ला । कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ । अरूबाट फाइदाकाे आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने छ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तारिफयोग्य कामले लाेकप्रियता दिलाउनेछ । नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ । परिस्थितिवश धेरै फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिगो फाइदा हुने योजना बन्न सक्छ । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि औषधि जाेहाे गर्नुपर्ला । यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा काम रोकिन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहार प्राप्त हुने समय छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ । सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । सुरुमा केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला । घरायसी आवश्यकता बढ्नाले सञ्चित रकम खर्चनुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सफल भइनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस