वि.सं.२०८० साल साउन २४ गते । बुधवार । ईश्वी सन् २०२३ अगस्ट ९ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । नयाँ काम थालनी गर्न बिहानीकाे समय उपयुक्त रहनेछ । आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । अवसरवादीहरूले दुःख दिन सक्छन् । दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । नयाँ योजना थाल्ने समय आएको छ । तर अरूको भरपर्दा काम बिग्रन सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ । विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन् । केही विवादास्पद कामकाे जिम्मेवारी लिनुपर्ने देखिन्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ । तर अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा भने आम्दानी बढ्नेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । धेरै आफन्तसँग सम्पर्क बढ्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ । मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ । वादविवादबाट सजग रहनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिगाे काममा जग बसाउने मौका छ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। कामको मेसो नमिल्दा केही अलमल हुनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । नियमित कामको मेसो नमिल्दा केही अलमल हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । आफन्तहरू टाढिन सक्छन् । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साथीभाइ तथा सहयाेगीहरूकाे साथ पाइनेछ । रोकिएका काम बन्नेछन् । अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ । पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ । बाेलीका भरमा चिताएकाे काम बन्न सक्छ । दिउँसाेदेखि भने प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन् । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस