वि.सं.२०८० साल साउन २१ गते । आइतवार । ईश्वी सन् २०२३ अगस्ट ६ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साथीभाइसँग पनि असमझदारी बढ्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साझेदारीबाट पनि लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । बिस्तारै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम सम्पादन गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ । सहयोगी जुटाउन नसकिएला । अस्वस्थ शरीर लिएर पनि काममा जुट्नुपर्ने समय छ । अवसरका लागि केही त्याग गर्नुपर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च बढ्नेछ । सानातिना काममा अल्झनुपर्दा मुख्य काम राेकिन सक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । व्यवसाय र अध्ययनमा समय दिन नसकिएला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्य धनलाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान् । हिम्मतले काम बनाउन सकिनेछ । यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ योजना प्रारम्भ गर्न मुस्किल पर्ला । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । परिस्थितिवश अध्ययनमा पछि परिनेछ भने व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न होला । पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । घर–गृहस्थीमा समस्या आउने देखिन्छ । बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा दु:ख पाइनेछ । परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । केही समय पर्खिएर अघि बढ्दा फाइदा हुने देखिन्छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विगतको श्रमबाट लाभ हुनेछ । काम र पठन-पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।समयमा आँट गर्न नसक्दा फाइदा कम हुनेछ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । आफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिएलान् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस