वि.सं.२०८० साल साउन १९ गते । शुक्रवार । ईश्वी सन् २०२३ अगस्ट ४ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ । लगनशीलताले नाम र दाम दिलाउन सक्छ । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । मेहनत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन् । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ । फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आँटेको काम सम्पादन हुनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम प्रारम्भ होला । दिन उत्साहपूर्ण रहला । पशुपालन तथा कृषि क्षेत्रमा कम लाभ मिल्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आमाको माध्यमबाट काम बनाउन सकिनेछ । केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । चिताएको काम समयमा सम्पादन नहोला । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
हिम्मतले काम लिँदा फाइदा हुनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तर, समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । सहयोगीरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । पुरानो समस्याले बल्झिन सक्छ । फजुल खर्च बढ्नेछ । काममा चुनौती देखिएलान् । कृषिमा कामको चाप बढ्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ । मान-सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । आफ्नै कमजोरीले विवादमा परिएला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस