वि.सं.२०८० साल साउन ११ गते । बिहीवार । ईश्वी सन् २०२३ जुलाई २७ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । साँझतिर विवादास्पद जिम्मेवारी आउन सक्छन् । अस्वस्थताले काममा बाधा पुर्याउनेछ । तापनि परिस्थिति सुल्झाएर फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । नयाँ व्यवसाय थालनी हुनेछ । मनोरञ्जनको समय छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अतिथिका रूपमा सत्कार पाइनेछ । रमाइलाे पारिवारिक भेटघाट पनि हुनेछ । भौतिक साधन प्राप्त् हुनेछन् । जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ । साँझतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । हतारमा निर्णय नलिनुहोला । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । साँझतिर काम बन्नाले नयाँँ काम थाल्न सकिनेछ । तर हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । व्यापारतर्फ मनग्य फाइदा हुनेछ । आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । तापनि खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ । प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ । सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले लाभ दिलाउन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ-सहयाेग जुट्नेछ । तर अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक नदर्साउनु होला । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस