वि.सं.२०८० साल साउन ६ गते । शनिवार । ईश्वी सन् २०२३ जुलाई २२ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सफल भइनेछ ।छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धेरै फाइदा नहुने काममा समय बित्नेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम बनाउन सकिनेछ ।आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ । मिहिनेतले काम बनाउन सकिनेछ । जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ । व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम सम्पादन गर्न सकिनेछ । लगनशीलताले विद्या तथा धन आर्जन हुनेछ भने काममा पनि सफलता मिल्नेछ । लेखनकलामा निखारता ल्याउन अझ मेहनत गर्नुपर्ला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लक्ष्य पहिल्याउन सकिनेछ । ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थअभावले विशेष काम रोकिन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । फजुल खर्च भने बढ्न सक्छ ।भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन् । विश्वासघात गर्नेहरू सक्रिय रहनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । तर बलजफ्ती गर्दा समस्या आउन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस