वि.सं.२०८० साल साउन ४ गते । बिहीवार । ईश्वी सन् २०२३ जुलाई २० तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहाेर्नुपर्ला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ । काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । रमाइलाे यात्रा हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । आफन्तबाटै टाढिनुपर्ने हुन सक्छ । आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही पाउन अर्काे वस्तु त्याग्नुपर्ला । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । मनग्य नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन् । काम राेकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । पहिलेकाे स्थितिमा सुधार आउनाले आशा जाग्नेछ ।पहिलेका कमजोरी बाहिर आउनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहाेला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ । परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साेखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ । काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामकाे सफलताले हौसला जगाउनेछ । व्यापार बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ ।अवसर प्राप्त भए पनि द्वेष तथा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । अरूकाे विश्वास गर्दा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । जिम्मेवारी बढे पनि काम पूरा गर्न समय लाग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस