वि.सं.२०८० साल साउन ३ गते । बुधवार । ईश्वी सन् २०२३ जुलाई १९ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सानो कमजोरीले बाधा पुर्याउनेछ । मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आम्दानी बढ्ने छ । कर्मको उचित प्रतिफल पाइनेछ । आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बाेलीकै भरमा काम सम्पादन हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रेम र मित्रताको बन्धन कसिनेछ । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन् । आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ । खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । समाजले पदीय दायित्व दिलाउन सक्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन् । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
गाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको करकापमा काम गर्न बाध्य भइनेछ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोपछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मिहिनेतले काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ ।व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
संघर्षले कर्मयोग अघि बढ्नेछ । परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस