मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता पारिवारिक सद्भाव बढ्नेछ । प्रेम जीवन सफल रहने र विपरित वर्ग प्रति आकर्षण बढ्नेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि पनि हुने देखिन्छ, तर स्वास्थ्यप्रति गम्भीर हुन बढी आवश्यक छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गादेवीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सजग रहनु होला । साताको अन्त्यमा चिताएको कामले तीव्रता लिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सात मन मिल्ने साथीको सहयोग र प्रेममा सफलता मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काममा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछैन । साताको मध्यबाट आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको अन्त्यमा शेयर बजार तथा अन्य व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यबाट मान र प्रतिष्ठा मिल्नसक्छ, तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृदेवको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति गम्भीर हुन आवश्यक छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ । शेयर बजारबाट पनि विफलता मिल्नसक्छ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता राज्यबाट मान सम्मान पाइनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनसक्छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ, तर स्वास्थ्य भने त्यति राम्रो नहोला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ र शुभ कार्यको योजना बन्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । आफन्त र सहयोगी हातहरू अघि बढ्नेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्योतिष सेवा तथा परामर्शका लागि
977-9849559502
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस