मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । यो साताका लागि शुभ अङ्क ५, ६ र शुभ रङ्ग गुलाबी वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कूटनीतिक नियोग र वैदेशिक कार्यबाट प्रशंसा मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २, ७ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । साताको अन्त्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका अधुरा र पुराना काम बन्नेछ । यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभ अङ्क १, ६ र शुभ रङ्ग सुन्तला वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता मध्यम छ, व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला साथै नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ६, ८ र शुभ रङ्ग आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्तामा लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । शेयर बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ५, ६ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता नयाँ कमको योजना बन्ने देखिन्छ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । साताको अन्त्यमा नाक तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्ता आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो सातामा शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनसक्छ, तर बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कनु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्योतिष सेवा तथा परामर्शका लागि
977-9849559502
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस