वि.सं.२०७९ साल आश्विन २० गते । बिहीबार । ईश्वी सन् २०२२ अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–एकादशी, बिहान ०८ बजेर ५५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–धनिष्ठा, बेलुकी ०८ बजेर ०५ मिनेट उप्रान्त शतभिषा । योग– धृति, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त शूल । करण–भद्रा,बिहान ०८ बजेर ५५ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर ५० मिनेट उप्रान्त वालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर, बिहान ८ बजेर ४७ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २९ घडी २० पला । पापाकुंशा एकादशी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानिका स्रोत बढाउन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । शेयर बजारमा गरिएको लगानीबाट भनजस्तो आम्दानी हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नसोचेको उपलब्धी हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा दिदि बहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धीत क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागी समयले साथ दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कुनैपनि प्रतिस्पर्धामा तपाईंको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पती प्राप्तिको योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथिले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अली बढी समय दिन सक्दा प्रगती गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागी नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पती तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । तरपनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस