वि.सं.२०७९ साल आश्विन १६ गते । आईतबार । ईश्वी सन् २०२२ अक्टोबर ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–सप्तमी, बेलुकी ०६ बजेर २२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मूल, रातको २ बजेर २७ मिनेट उप्रान्त पूर्वाषाढा । योग–सौभाग्य, बेलुकी ०६ बजेर ५० मिनेट उप्रान्त शोभन । करण–गर,बिहान ७ बजेर ३० मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर २२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान २९ घडी ३६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
छोटो दुरिको धार्मिक यात्रा हुने योग रहेकोछ । कल्याणकारि तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । दाजुभाई तथा जीवन साथिसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
हुलमुल तथा विवादित बिषयमा प्रबेश नगर्नु नै राम्रो रहेकोछ ,आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा संकटको सामना गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरु थाति नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दाजुभाई तथा बन्धु बान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा बिवाद बढ्नेछ । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा बिभिन्न अवसरहरु गुम्नेछन् । पढाइ लेखाइमा अरुभन्दा कमजोर भईने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रबिधिको प्रयोग गरी कुराहरु गर्नु राम्रो हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सबैको सहयोग पाईने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुशि हुनेछन् । पढाइल लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होईनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा भने बिद्यार्थी बर्गहरुले अली बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस