काठमाडौं-आज शुक्रबार नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै जनैपूर्णिमा पर्व मनाइँदै छ ।
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ ।
यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो ।
यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।
डोरो शरीर सुरक्षा ‘कवच’का रूपमा रहेको भन्दै पण्डित माधवप्रसाद शर्मा बन्धनले विभिन्न विकार र दूषित कीटाणुबाट रक्षा गर्ने बताउँछन् । ‘संसार विश्वासमा अडिएको छ,’ उनी भन्छन्, ‘कोरोनाजस्ता भाइरसलाई स्वास्थ्य सावधानी अपनाएमा हामीले बाँध्ने रक्षा बन्धनले त्यसविरुद्ध लड्ने आत्मविश्वासमा मद्दत पुग्न सुक्छ ।’
जनाई लगाउने तागाधारीले गोबर, माटो, कुस लगाएर पवित्र जलाशयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दाँत माभ्mने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविद् बताउँछन् । पूर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र वशिष्ठलगायत सप्तर्षिलाई तर्पण दिने गरिएकाले यसलाई ‘ऋषि तर्पणी’ भन्ने गरिएको हो ।
पूर्णिमाका दिन पुरोहितले यजमानका हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाँध्नाले शरीर रक्षा हुने विश्वास रहिआएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राह्मणले यजमानको नाडीमा बाँधिदिन्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस