रसुवा- जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यही साउन २७ गते जनै पूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि एक हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।
यात्रुको सङ्ख्या आकलन गर्ने काम निकुञ्जबाट भइरहेको बताउँदै अधिकृत भट्टराईले लौरीको नाममा वनस्पति नकाट्न, फोहरमैला जथाभावी नफ्याँक्न र चन्दनबारी तथा चोलाङपाटीको रेडपाण्डा बासस्थान क्षेत्रमा होहल्ला नगर्न यात्रु समक्ष अनुरोध गरे । गोसाइँकुण्ड स्नानका लागि आज बुधबार र भोलि बिहीबारसम्म १० हजारभन्दा बढी भक्तजन रसुवा प्रवेश गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले अनुमान गरेको छ ।
गोसाइँकुण्ड तीर्थको स्नानका लागि रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी, चितवन, कास्की, मकवानपुर, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, छिमेकी जिल्ला धादिङ, नुवाकोट जिल्लाबाट भक्तजनको आगमन भएको बताइएको छ । गोसाइँकुण्ड स्नान गराउन आवश्यक सुरक्षासहित गोरखनाथको मूर्ति शिरमा राखी गोरखनाथका पुजारी बाबा मङ्गलबार नै गोसाइँकुण्ड प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । जनै पूर्णिमाका अवसरमा प्रत्येक वर्ष गोरखनाथलाई गोसाइँकुण्ड पु¥याउने चलन रहिआएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस