रसुवा- साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन् ।
गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्व अन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर पवित्र तीर्थ स्नान गर्ने चलनसमेत रहिआएको छ । यो महिनाभर पवित्र तीर्थमा स्नान गर्ने भक्तजनको शारीरिक रोगब्याद पूर्णरूपमा हट्ने विश्वासका साथ भक्तजन साउन महिनाको शुभारम्भ बाटै गोसाइँकुण्ड जान थालेको स्थानीय भक्तजन बताउँछन् ।
दैनिकरूपमा १०÷१५ जना भक्तजन नीलाद्रि पर्वतको धार्मिक मार्गमा ओहरदोहर हुन थालिसकेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामा बताउँछन् । साउन महिनाभर गोसाइँकुण्ड दहमा स्नानका साथै पूजा आराधना गर्नाले मनोकाङ्क्षासमेत पूरा हुने मान्यता रहिआएको छ । धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्छ ।
धुञ्चेसम्म मोटरले पुर्याएपश्चात् सुरू हुने पदयात्रा देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक हुँदै गणेश गौडासम्म उकालो र त्यसपछि ककरो भिर हुँदै पवित्र तीर्थ पुगिन्छ । हाल ककरो भिरको पूरै भागमा नेपाली सेनाले फलामे वार लगाइदिएका कारण भिरमा लडिने डर पूर्णरूपमा अन्त्य भएकाले निर्धक्क साथ जान सकिने पुरोहित टंकप्रसाद ढकालले बताए ।
यस वर्षको जनै पूर्णिमाको प्रमुख दिन भने यही साउन २७ गते परेको छ । साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने स्थानीय अनुमान रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस