वि.सं.२०७९ साल वैसाख ०७ गते । बुधबार । ईश्वी सन् २०२२ अप्रिल २० तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्णपक्ष । तिथि–चतुर्थी, बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त पंचमी । नक्षत्र– ज्येष्ठा, रातको ०३ बजेर ०७ मिनेट उप्रान्त मूल । योग–वरियान, बेलुकी ०४ बजेर ५४ मिनेट उपान्त परिध । करण–बव, बिहान ०६ बजेर २४ मिनेट उप्रान्त बालव , बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त कौलव, रातको ०४ बजेर ०२ मिनेट उपान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक,रातको ०३ बजेर ०७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १४ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्यनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा राम्रो पहिचान बनाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । नसोचेको धन तथा सम्पती हातलागी हुने योग रहेकोछ । तरपनि भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटा बढ्ने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवार तथा कुटुम्ब बीच रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । भौतिक तथा बिलाशी बस्तु प्राप्तीको योग रहेकोछ । एकल तथा संयूक्त व्यावसायबाट वा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कर्मचारि,राजनेता तथा सामाजिक क्षेत्रमा कामगर्ने अभियन्ताले सहकर्मी तथा सहयात्रिबाट सहयोग पाउनेछन् । कुनैपनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उपलब्धि हासिल गर्न सकिनेछ । बिद्यार्थीहरुका लागि आजको दिन सफलता हात पार्न सकिने समय रहेकोछ । साझपख व्यावसायिक यात्रा हुने योगलाई नकार्न सकिदैन ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुलाई हराउदै परिवार तथा गुरुवर्गहरुका अगाडी प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईँको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट लामो समय सम्म आम्दानी भईरहनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आमा तथा आफन्त टाडिनाले मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा धेरै आलोचना र थोरै समर्थन पाईनेछ । साथिभाई तथा मनपरेको मित्रसँग सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि माटो तथा खनिज पदार्थको कारोबारबाट मनग्गे लाभ लिन सकिनेछ । सवारी साधन प्राप्तीको योग रहेपनि चलाउदा ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
राम्रा तथा परिणाममूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउदा भविश्यमा आम्दानी भईरहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीति तथा समाजसेवामा जनताको कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । राम्रो काम गरि परिवार तथा समाजमा गुमेको साख फिर्ता गर्ने समय रहेकोछ । अध्ययनमा समय लगानी गर्ने बिद्यार्थीहरुका लागी समय उत्तम रहेकोछ । व्यापारी,उद्योगी तथा कलाकारिता क्षेत्रमा समय खर्चनेहरुका लागी समयले राम्रा अवसर प्रदान गर्नेछ । प्रेममा नजिक हुन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दाजुभाई तथा आफन्तले तपाईँको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक सम्पती तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा बिस्वासको वातावरण सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले तर्क वितर्क तथा प्रतिस्पर्धामा विजयको योग रहेकोछ । बिद्यार्थी वर्गको लागि समयले साध दिने हुनाले नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय लगानि गर्नेहरुले पदप्रतिष्ठा पाउने योग रहेकोछ । वन्द व्यापारमा फड्को मार्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस