वि.सं.२०७८ साल चैत्र ०९ गते । बुधबार । ईश्वी सन् २०२२ मार्च २३ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–पंचमी, बिहान ०६ बजेर ०६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–अनुराधा, बेलुकी ०८ बजेर ३४ मिनेट उप्रान्त ज्येष्ठा । योग– बज्र, दिउसो १२ बजेर ०७ मिनेट उपान्त सिद्धि । करण–तैतिल, बिहान ०६ बजेर ०८ मिनेट उप्रान्त गर, बेलुकी ०५ बजेर ०१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३० घडी २२ पला । विश्व मौषम दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा दिदिबहिनीसँग मनमुटाब तथा बिवाद बढ्ने योग रहेकोछ । कुनैपनि काम पुनह गर्नुपर्दा नैराश्यता बढ्नेछ । आर्थिक मुद्दाहरु हल गर्न निकैनै समय खर्चनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा गर्न चाहनेहरुका लागी समयले साथ दिने छैन । तरपनि लामो दुरिको यात्राको सम्भाावना बलियो रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिभिन्न भौतिक तथा बिलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय बिस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
चुनौतिका पहाड चिर्ने आट पलाउनेछ भने तपाईका बारेमा झुटा कुरा गर्नेहरुलाई तह लगाउन सकिनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा आफ्नो प्रियपात्रलाई आफ्नै आखा अगाडी देख्न पाउदा मन खुशि हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा बित्तिय क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिवार तथा आफन्तसँग घरायसी कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागी आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ । अदालती निर्णयहरु तपाईँकै फैसला हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धन भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरी हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो दुरिको यात्राको लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्राकाम गर्ने अवसर गुम्नेछ । बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
जिम्मेवारी सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपनि अन्तत पार लगाउन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस