वि.सं.२०७८ साल फाल्गुन ०३ गते । मंगलबार । ईश्वी सन् २०२२ फेव्रुवरी १५ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–चतुर्दशी, बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–तिष्य, दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त अष्लेषा । योग–सौभाग्य, बेलुकी ०९ बजेर ४२ मिनेट उपान्त शोभन । करण–गर, बिहान ०८ बजेर ५८ मिनेट उप्रान्त वणिज, बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ५६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
श्वास प्रश्वास तथा छाती सम्बन्धी समस्याले दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । सामाजिक काममा मन जाने भएपनि समर्थन गर्नेहरु कमै भेटिनेछन् । व्यापारमा लगानी गरेपनि आम्दानी कमनै हुनेछ । आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तरपनि घरजग्गा तथा पैत्रिक भुमिमा गरिने व्यावसाय फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउने समय रहेकोछ । नोकरीमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । खाद्यान्न तथा मेडिकल व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगती गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
अग्रज तथा बुवाबाट गाईड लाईन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुशि रहनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा बृद्धि गर्न सकिनेछ । बित्तिय तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
जिम्मेवारी सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपनि अन्तत पार लगाउन सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भौतिक बस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथि भाईसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । साझेदारी व्यावसायमा लगानी नवढाउनु उचित हुनेछ किनकी साझेदारहरु बीच मनमुटाब सिर्जना हुनसक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगती गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईँको बिपक्षमा फैसला हुनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु हाबि हुनेछन् भने पढाइ लेखाइमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस