वि.सं.२०७८ साल मंसिर १५ गते । बुधबार । ईश्वी सन् २०२१ डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि– द्वादशी, बेलुकी ०८ बजेर २० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–चित्रा, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त स्वाती । योग–सौभाग्य । करण– कौलव, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त तैतिल, बेलुकी ०८ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १० पला । विश्व यड्स दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो रहेकोले एकल तथा साझेदारी व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार कै सवालमा पनि लामो दुरिको यात्राको तय हुने योग रहेकोछ । विलाशी वस्तुको खरिद बिक्रीबाट आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अग्र पंक्तिमा तपाईँको नाम आउनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कुनैपनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछी लाभहुने काम सुरु गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइ लेखाइमा फितलो उपस्थितिले गर्दा अरुभन्दा पछी परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईंको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । तरपनि प्रेम प्रसङगमा एक अर्का बीच भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रगती गर्दै सफलता हात पार्न सकिनेछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ । अदालती निर्णयहरु तपाईँकै फैसला हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बीच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाइ लेखाइमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पुराना कमी कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो दुरिको यात्राको लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पती प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाईको सहयोगले सवारी साधन प्राप्त हुनेछ भने मनोकामना पुरा हुने समय रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ काम गर्नको लागी समय मध्ययम रहेकोछ भने पुरान कामलाई भने निरन्तरता दिन सकिनेछ । यात्रा हुने भएपनि यात्रा कष्टकर हुन सक्छ । अवसर वादीहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । आफ्नै भन्ने तथा अपरिचित व्याक्तिहरुले धोका दिन सक्छन् ध्यान दिनुहोला । अरुकै लागी समय र श्रम खर्चिनु पर्नेछ । तरपनि धार्मिक तथा पवित्र स्थलको भ्रमणमा निस्कन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सापटी मागेर वा ऋण खोजेर व्यापारमा लगानी नगर्नुहोला समय मध्ययम रहेकोले आम्दानि नयून हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदि बहिनीहरुसँग मनमुटाब बढ्ने योग रहेकोछ । पानी तथा खनिज पदार्थसँग सम्बन्धीत काम गर्दा ख्याल गर्नुहोला । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिका यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस