भैरहवा-रुपन्देहीको मर्चवारमा स्थानीय सरकार र सुरक्षाकर्मीकै रेखदेखमा लक्ष्मी पूजाको मूर्ति विसर्जन भएको छ । मूर्ति विसर्जनको क्रममा पानीमा डुबी तीन जनाको ज्यान गएपछि यस पटक सावधानी अपनाई लक्ष्मी पूजाको मूर्ति विसर्जन गरिएको हो ।
तराईमा लक्ष्मी पूजाको अवसरमा अस्थायी मूर्ति नै स्थापना गरी पूजा गर्ने गरिन्छ । शनिबार तिहार सकिएसँगै ती अस्थायी मूर्ति आइतबारसम्म विसर्जन भएका छन् । रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष रोहबरमा सावधानी अपनाएर मूर्ति विसर्जन भएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जानकारी दिए ।
घाटमा शनिबार र आइतबार गरी ५५ भन्दाबढी मूर्ति विसर्जन गरिएका छन् । अहिले गाउँपालिका र इलाका प्रहरी कार्यालय मझगावाँको सहयोगमा नदी किनारमा निश्चित दूरी तोकेर मूर्ति विसर्जन गरिएको अध्यक्ष यादवले बताए ।
मूर्ति विसर्जनको क्रममा विगत तीन वर्षदेखि तीन जनाको ज्यान गएपछि इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा १८ जनाको टोली र सशस्त्र प्रहरी बल मझगाँवाका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा १० जनाको टोलीसहित स्थानीय सरकारका प्रतिनिधाहरूको निगरानीमा नदी बाहिरैबाट मूर्ति विसर्जन गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस