तेह्रथुम-पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको धर्म भनेकै युमा धर्म भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा ‘आसन्न जनगणनामा युमा साम्यो लेखौँ र लेखाऔं’भन्ने मूल नाराका साथ आयोजित युमा साम्यो महासभा सम्बन्धी अन्तरक्रिया तथा छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।
लिम्बुहरूको मुन्धुमहरू युमाद्वारा सञ्चालित भएको र (याक्थुङ) लिम्बुहरूको धर्म भनेकै युमा साम्यो भएको मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका माबोहाङले ब्रामण्डको संरक्षण गर्ने र संसारको सृष्टिकर्ता युमा नै रहेकोले युमाको सह अस्तित्व नै युमा धर्मको दर्शन भएको धारण राखेका थिए । किराँत याक्थुङ चुम्लुङले २०४६ सालदेखि किराँत धर्म लिम्बु समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको छ ।
किराँत धर्मले लिम्बु समुदायको अस्तित्व नै समाप्त गराई रहेको बेला युमा धर्मले अस्तित्व स्वीकार गर्न लिम्बु समुदायको मौलिकता धरापमा पर्दै जाने किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका उपाध्यक्ष दिल पाक्साँवाले बताए । युमा धर्मको बारे गम्भीर छलफल गरी मौलिक लिम्बुहरूको अस्तित्वलाई समेट्न आवश्यक रहेको उनले धारण राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले लिम्बुको धर्म बारे अझै अन्योलमा रहेको बताएका थिए । लिम्बु समुदायका धर्मको बारे विवाद हुँदै आएको र किराँत याक्थुङ याक्थुङ चुम्लुङले किराँत भन्दै आएको तथा युमा साम्योले युमा भन्दै आएको अवस्थामा विवादलाई समाधानको निम्ति सबै एक भएर जाँदा लिम्बुहरूको लागी राम्रो चुम्लुङ छथरका अध्यक्ष थानाहाङ तिगेलाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस