काठमाडौ-कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।
यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ । यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।
लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ । यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ ।
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस