काठमाडौं- यमपञ्चकको दोस्रो दिन अर्थात कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । आजै त्रयोदशी र चतुर्दशी परेकोले कुकुर तिहार पनि मनाइदै छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी रहेको छ । ९ बजेर २२ मिनेटसम्म काग पूजा र त्यपछि कुकुर पूजा गर्नु पर्नेछ ।
कात्तिक कृष्ण चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यसदिन नजिकैको नदी वा पोखरीमा गएर स्नान, तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर बत्ती बालेर बगाउने गरिन्छ । यसो गर्दा मृत्युपछि नरकको यात्रा गर्नु नपर्ने धार्मिक विश्वास छ ।
कुकुर तिहारका दिन कुकुरलाई मन पर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
कुकुर आज्ञापालक जनवार हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुको रुपमा समेत कुकुर रहेको छ ।
प्राकृतिक प्रकोप जस्तैं भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । साथै यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् । कुुकुरको महत्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ ।
तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाईटीका मनाउने गरिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस