वि.सं.२०७८ साल कार्तिक ०७ गते । आईतबार । ईश्वी सन् २०२१ अक्टोबर २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– चतुर्थी, रातको ०२ बजेर ५२ मिनेट उप्रान्त पंचमी । नक्षत्र–रोहिणी, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त मृगशिरा । योग–वरियान, बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त परिध । करण–बव, दिउसो ०१ बजेर ४७ मिनेट उप्रान्त बालव, रातको ०२ बजेर ५२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २४ मिनेट । दिनमान २८ घडी ०७ पला । विश्व विकाश सुचना दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कुटुम्ब तथा आफन्तको सहयोगले राम्रा तथा देखिने कामहरु गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ । व्यावसाय फस्टाएरु जाने तथा आर्थिक गतिबीधिमा सम्लग्न भई धन तथा सम्पती कमाउन सकिनेछ । घरपरिवारमा मानिससँग जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै राम्रा काम गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीति तथा समाजसेवीहरुले समाजमा राम्रा काम गरी स्थापित हुने समय रहेकोछ । व्यापारमा थोरै लगानी गर्दा पनि भनेजस्तो आम्दानी हुनेछ । अध्ययनमा मन जाने तथा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदे चाहेको गन्तब्य भेटाउन सकिनेछ । भौतिक सम्पतिको प्रयोगले दैनिक आम्दानिमा बृद्धि भएर जानेछ । प्रेममा नजिक हुने तथा भावना साटासाट गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । आफन्त तथा साथिभाईहरु टाडिनेछन् । व्यापारमा मन्दी आउने तथा खर्च बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको विदेश यात्राको तय हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अग्रज तथा बुवाबाट गाईड लाईन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुशि रहनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा बृद्धि गर्न सकिनेछ । बित्तिय तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सानो लगानी गर्दापनि समयले साथ दिने हुनाले व्यापार फस्टाई मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
व्यापारमा आज गरिने लगानिबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागि जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले केही समय पर्खनु नै राम्रो हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ । व्यापार व्यावसाय लगानी गरिने मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
घरायसी सेवा सुबिधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय सामान्य गतिमा वृद्धि हुनेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । राम्रा काम गरी अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस