वि.सं.२०७८ साल असोज ३१ गते । आईतबार । ईश्वी सन् २०२१ अक्टोबर १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी ,बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– शतभिषा, दिउसो १२ बजेर ०३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–वृद्धि, रातको १२ बजेर २३ मिनेट उप्रान्त ध्रुव । करण–बव,बिहान ०६ बजेर ५४ मिनेट उप्रान्त बालव, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २८ घडी ३५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पशुजन्य तथा कृषिजन्य व्यापार व्यावसायबाट मनग्गे धनलाभ हुनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बिद्यार्थीहरुका लागी आजको दिन फलदायी रहेकोछ भने प्रेममा गर्नेहरुका लागी समयले साथ दिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । भूमि,बाहन तथा पैत्रिक सम्पतीमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
जिम्मेवारी सफलता पुर्वक बहन गरी छुट्टै पहिचान बनाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्द गतिमा भएपनि अन्तत पार लगाउन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि प्रेममा सफलता हात लाग्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आकस्मिक धन सम्पती लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक बस्तु तथा सवारी साधन प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगती हुनेछ भने बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रगती गर्दै सफलता हात पार्न सकिनेछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स
मयले त्यती साथ नदिय पनी प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडी बढ्नुहोला । गाएन तथा सांगितिक क्षेत्रमा समय लगानी गर्नेहरुले समाज वा सामाजिक सञ्जालबाट राम्रो समर्थन पाउनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । लगानी बढाएपनि आम्दानि कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन निकै नै मेहनेत गर्नु पर्नेछ । विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस