वि.सं.२०७८ साल असोज २१ गते । बिहीबार । ईश्वी सन् २०२१ अक्टोबर ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– प्रतिपदा, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– चित्रा, रातको १२ बजेर १० मिनेट उप्रान्त स्वाती । योग– ऐन्द्र, बिहान ०८ बजेर १५ मिनेट उप्रान्त वैधृती । करण– बव, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त बालव, रातको ०२ बजेर ३१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर योग । चन्द्रराशि–कन्या,दिउसो १२ बजेर ४५ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २९ घडी १५ पला । चन्द्रोदय,मातामहश्राद्ध,नवरात्रारम्भ, घटस्थापना ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार तथा जागिरमा सन्तुष्ट हुने समय रहेकोछ । व्यापार तथा व्यापार बिस्तारकै सवालमा लामो दुरिको यात्रा हुनेछ । पढाइ लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धी हासिल हुनेछ । भौतिक सम्पती तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रतिस्पर्धामा विजयको योग रहेकोछ । विवाद तथा न्यायिक फैसलामा तपाईकै जित निश्चित छ । राम्रा तथा परिणाममुखि व्यापारमा लगानि बढाई आम्दानि दोब्बर पार्न सकिनेछ । मामा,मावली तथा आफन्तको सहयोगले अगाडि बढ्न प्रेरित गर्नेछ । अध्ययनमा समय दिने बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोछ । बिहानको समय मध्ययम रहेकोले अवसर प्राप्त भएपनि समयमा काम गर्न सकिनेछैन । अध्ययनमा ध्यान नजादा प्रतिष्पर्धिहरुनै हावी हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
शरिर स्वास्थ्य नहुनाले काम गर्न असजिलो महशुष हुनेछ । साथ तथा समर्थन दिने साथिभाईहरुले असहयोग गर्नेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापारमा समय दिने व्यापारीहरुका लागी समय मध्ययम रहेकोले थोरै आम्दानिमा चित्त बुझाउनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले आशिंक साथ दिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट विशेष फाईदा दिन सकिनेछ । गरिएका कामबाट छोटो समयमा नै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । शत्रु तथा प्रतिष्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन । अरुको आष गर्ने बानिले आफ्नो काम अधुरो रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । समयको महत्व बुझी अगाडी बढ्दा जीवन शैलिमा उल्लेख्य सुधार हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जानेछ । बिहानको समयमा यात्रा गर्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । गाएन तथा मोडलिङ पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइ लेखाइमा मान नजाने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाईनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समयमा यात्रा हुने तथा विदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धी हासिल गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समयमा यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्रा हुने तथा बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । बिषेश गरी तरल पदार्थ तथा खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराएर अगाडी बढ्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रोसँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत व्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । पढाइ लेखाइमा मेहनेत गरेमात्र नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । तरपनि लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा यात्रासँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बीच मनमुटाब बढ्ने योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस