वि.सं.२०७८ साल असोज १३ गते । बुधबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– अष्टमी, बेलुकी ०४ बजेर ५४ मिनेट उप्रान्त नवमी । नक्षत्र–आद्र्रा, बेलुकी ०९ बजेर १९ मिनेट उप्रान्त पुनर्वशु । योग– वरियान, बेलुकी ०५ बजेर ४७ मिनेट उप्रान्त परिध । करण– कौलव, बेलुकी ०४ बजेर ५४ मिनेट उप्रान्त तैतिल, रातको ०५ बजेर ५२ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मीथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २९ घडी ४६ पला । बुधाष्टमी,अष्टमीश्राद्ध,गोरखकालीपूजा,जिवतपुत्रिका व्रत, जितीयापर्व ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राम्रा तथा पुरुषार्थी काम गरी नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानि फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड बनाउदै लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । खेलकुद,यात्रा तथा पत्रकारीतामा समय लगानी गर्नेहरुका लागी समयले राम्रो प्रतिफल दिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट अरुदिनभन्दा नाँफा बढी लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रतिष्ठित ब्याक्तित्वहरु सँग सामाजिक बिषयमा बिवाद बढ्ने हुँदा आज भरसक भेटघाट तथा सार्बजनिक ठाउँहरुमा उपस्थिती नजनाउनु नै राम्रो हुनेछ । समयमा काम नबन्ने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ भने बिद्यामा सोचेजस्तो प्रगती गर्न निकै नै मेहनेत गर्नुपर्ला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा घर परिवारका मानिससँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सहभागी भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टायर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी आजको दिन फलदायी रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँनयाँ बाटाहरु फेला पर्नेछन् । प्राकृतिक स्रोत साधनको प्रयोगबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । आत्मिय मित्रहरुसँग भेटघाट हुने तथा लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
रुपैयापैसा लेनदेन तथा सापटी लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्तसँग मनमुटाब बढ्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदमहरु निरर्थक हुनेछन् । बाटो हिड्दा तथा सवारी साधन चलाउदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउने समस्याले व्यापार व्यावसायमा लगानी गर्ने वातावरण खस्केर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा आत्मियताको कमी हुनेछ तथा पति पत्नी बीच अबिश्वास सिर्जना हुनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । काम समयमा सम्पन्न गर्न नसक्दा हातबाट अवसरहरु फुत्कन सक्छन् । साझेदारी व्यावसायमा लगानी नवढाउनु उचित हुनेछ किनकी साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्ने शैलि परिवर्तन गरेर आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपूर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागी खर्च भने बढ्ने देखिन्छ । वादविवाद तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । स्थाई सम्पती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धी मुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आत्मिय मित्र तथा आमासँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा नतिजा आफ्नो पक्षमा पार्नको लागी अरुदिन भन्दा बढी मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारी तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस