वि.सं.२०७८ साल असोज ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– तृतिया, बिहान ०७ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी, बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त भरुणी । योग– व्याघात, दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त हर्षण । करण– भद्रा, बिहान ०७ बजेर १९ मिनेट उप्रान्त बव, बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०८ पला । चौथीश्राद्ध,इन्द्रध्वजपातन ननीचाया,गातिला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुशि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । लगानी बढाएपनि आम्दानि कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन निकै नै मेहनेत गर्नु पर्नेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिससँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ती गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
जिम्मेवारी सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपनि अन्तत पार लगाउन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
संकट व्यावस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हावी हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारी साधन चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागी प्रयोग होईनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवार तथा कुटुम्ब बीच रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । भौतिक तथा बिलाशी बस्तु प्राप्तीको योग रहेकोछ । एकल तथा संयूक्त व्यावसायबाट वा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईँको बिपक्षमा फैसला हुनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु हाबि हुनेछन् भने पढाइ लेखाइमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावली पक्षबाट आश्वासन मात्र पाईने हुनाले कुनै कुराको आस गर्नु गलत हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुलाई हराउदै प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानी भईरहनेछ । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय व्यातित हुने हुँदा मन प्रशन्न रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रगती गर्दै सफलता हात पार्न सकिनेछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा ध्यान नदिदा प्रतिस्पर्धीहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट पनि थोरै कमाईमा चित्त बुझाउनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस