वि.सं.२०७८ साल साउन १४ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– षष्ठी,अहोरात्र । नक्षत्र– उत्तरभाद्रपदा, दिउसो ०२ बजेर ४४ मिनेट उप्रान्त रेवती । योग–सुकर्मा, बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त धृति । करण– गर, बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३८ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुराना कमी कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगती गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले आफन्त वा दाजुभाईसँग विवाद बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यापारमा मन्दि आउने तथा दैनिकी प्रभावित हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममूखि काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेकोछ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ । बिहानको समयमा यात्रागर्दा ध्यान दिनुहोला यात्रामा बिभिन्न अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
सानातिना समस्याले तपाईँलाई कमजोर बनाउनेछ । रिक्स लिने बानिले थप समस्या पैदा गर्नेछ । व्यापारमा लगानी गरेपनि आम्दानी न्युन हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम तथा मित्रताको बन्धन नचाहादा नचाहादै टुट्न सक्छ । खोजिमुलक कामको सवालमा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धी पुराना समस्या भए समाधान भएर जानेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगती गर्न सकिनेछ । मावली पक्षबाट तपाईँको काममा आर्थिक सहयोग हुनेछ भने अघी पछी तपाईँको नराम्रा कुरा गर्नेहरु तपाईँकै प्रशंसा गर्दै हिड्नेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । बिहानको समय राम्रो रहेकोले पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी आम्दानिका स्रोत बढाउन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईँको प्रतिभाको उच्च सम्मान हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । बिद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । समयको महत्व बुझी अगाडी बढ्दा जीवन शैलिमा उल्लेख्य सुधार हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरी हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस