वि.सं.२०७८ साल साउन ०६ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–द्वादशी,दिउसो ०२ बजेर २२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– ज्येष्ठा, बेलुकी ०५ बजेर २७ मिनेट उप्रान्त मूल । योग– ब्रम्ह ,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त ऐन्द्र । करण– बालव, दिउसो ०२ बजेर २२ मिनेट उप्रान्त कौलव, रातको ०१ बजेर ११ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक,बेलुकी ०५ बजेर २७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी ५९पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा अविश्वास बढ्नेछ । साझको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । साझको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्थाई सम्पती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धी मुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । साझको समय राम्रो रहेकोले खर्च बढ्नेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
राम्रा तथा पुरुषार्थी काम गरी नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानि फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड बनाउदै लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । खेलकुद,यात्रा तथा पत्रकारीतामा समय लगानी गर्नेहरुका लागी समयले राम्रो प्रतिफल दिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरी प्रभुत्व जमाउन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आकर्षित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
फजुल खर्च बढ्नेछ । खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि साझको समय उत्तम रहेकोले कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ । पैत्रिक सम्पती प्राप्तीको योग रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा प्रसस्त समय लगानी गरेपनि न्युन आम्दानीमा चित्त बुझाउनु पर्नेछ । आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गदागर्दै आलोचना सहनु पर्नेछ । अग्रज तथा आफन्तसँग विवाद तथा मनमुटाब सिर्जना हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोाछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरि आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस