वि.सं.२०७८ साल असार २५ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि–औंशी,अहोरात्र । नक्षत्र– आद्र्रा,बेलुकी ०९ बजेर २१ मिनेट उप्रान्त पुनर्वशु । योग– ध्रुब,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण– चतुष्पद,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त नाग । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २२ पला । दर्शश्राद्ध,निशिबार्ने,औंशी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिने छ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्ने छ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुने छ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जाने छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जाने छ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउने छ । बिद्यामा सोचेजस्तै सफलता पाइने छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भएपनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुने छ । पढाइ लेखाइमा मन नजादा अन्य प्रतिस्पर्धीहरु भन्दा पछि परिने छ । व्यापारमा लगानी गर्ने उपयुक्त समय नरहेको ले तत्काल कुनै व्यावसाय थालनी नगर्नु नै राम्रो रहको छ । माया प्रेममा रमाउँन चाहनेहरु आज भरसक नभेट्दा नै राम्रो हुने छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुने छ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्ने छन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिने छ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुने छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहने छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जाने छन् । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्ने छन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेको छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई विस्वास गर्दै अगाडी बढ्न सकिने समय रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहने छ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुने छ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिने छ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जाने छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गित संगितमा विषेश रुचि बढ्ने छ भने बिद्यामा तपाईँ अव्वल सावित हुनु हुनेछ । सत्रु परास्त हुने छन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जाने छ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेम को गाठो गसिलो भएर जाने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नु नै पर्ने छ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नु होला । समयमा काम नसकिने हुदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनु होला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुने छ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नु होला कष्टकर पनि हुन सक्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाइने छ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउने छ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जाने छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनु होला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जाने छ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहने छ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जाने छ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिने छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिने छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउने छन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जाने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बैक तथा बित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्ने छ । बौद्धिक व्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्ने छ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिने छ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेको छ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउने छ । माया प्रेममा सामिप्यता बढेर जाने छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनमा प्रशस्त समय दिएपनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेको छ । आफन्त तथा छोराछोरिहरुसँग मनमुटाब सिर्जना हुने छ । आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिने छ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस