वि.सं.२०७८ साल बैसाख ३१ गते शुक्रबार । ईश्वी सन् २०२१ मे १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–तृतीया,अहोरात्र । नक्षत्र– मृगशिरा,अहोरात्र । योग–सुकर्मा,२४ बजेर २४ मिनेट उप्रान्त धृती । करण– तैतिल, १६ बजेर ४६ मिनेट उप्रान्त गर । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृष,१७ बजेर ३६ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ३६ पला । अक्षय तृतीया । धर्मघटादिदान । त्रेतायुगादि । परशुराम जयन्ती । लुभु माहालक्ष्मी भैरवयात्रा । महादेव मन्दिरमा शिव पार्वती विवाह महोत्सव ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय मध्ययम रहेकोले वन्द व्यापारमा न्यून आम्दानि हुनेछ । आफन्त तथा कुटुम्बसँग सामान्य कुरामा पनि मनमुटाव सिर्जना हुनेछ । अवसर प्राप्त भएपनि समयको ख्याल नगर्दा उपलपब्धि कम हुनेछ । अरुको विश्वास गर्नाले धोका पाईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । अध्ययनमा समय नपुग्दा नतिजा न्यून हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट धन आर्जन गर्न सकिनेछ । अध्ययन वा कामको शिलशिलामा बिदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाव हुने तथा पति पत्नी बीचको सम्बन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाइ लेखाइमा पछी परिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रोसँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत व्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । पढाइ लेखाइमा मेहनेत गरेमात्र नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । तरपनि लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । साझबाट समय राम्रो रहेकोले औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । प्रेममा सफलता हात लाग्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउको यात्रामा निश्कन सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागी भएतापनि उपलब्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुने तथा पति पत्नी बीच मनमुटाब बड्न सक्छ । लगानी गर्नको लागी केही समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन अरुदिन भन्दा बढी समय खर्चनु पर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा शहकारी पेशा व्यावसाय गर्नेहरुका लागी समयले साथ दिनेछ । राजनीतिकर्मिका लागी आजको दिन उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक हुने तथा योग्य बर बधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस