वि.सं.२०७८ साल बैसाख २८ गते मंगलबार । ईश्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष । तिथि–औशी,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–भरुणी,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त कृतिका । योग–सौभाग्य,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त शोभन । करण–चतुष्पद,बिहान १० बजेर ५३ मिनेट उप्रान्त नाग ,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २७ पला । मातृसम्मान दिवस । मातातीर्थ औंशी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समाजसमा प्रतिष्ठित काम गर्दै नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पहिल गरिएका लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा प्रगती भएर जाने तथा प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि यात्रा गर्न चाहनेहरुका लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरि आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय तथा परिस्थिती अनुकुल तथा सहज बनाईराख्न प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा समय दिएपनि न्युन प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । तरपनि अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । राज्यसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समय देखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि रिसर्च पर्सनका लागी समय उत्तम रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । पढाइ लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धी हासिल हुनेछ । भौतिक सम्पती तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कुनैपनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछी लाभहुने काम सुरु गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने भएपनि सोचेजस्तो आम्दानी गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्का बीच भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्नेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेकोछ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । तरपनि कृषि तथा सहकारी व्यावसाय भने फस्टाएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिस्पर्धामा सहभागी हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बीच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाइ लेखाइमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस