वि.सं.२०७८ साल बैसाख १६ गते बिहीबार । ईश्वी सन् २०२१ अप्रिल २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष । तिथि–तृतीया,५३ घडी ०३ पला,रातको ०२ बजेर ४२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अनुराधा,३२ घडी ४७ पला,बेलुकी ०६ बजेर ४५ मिनेट उप्रान्त ज्येष्ठा । योग–वरियान,२५ घडी ३६ पला,दिउसो ०३ बजेर ४३ मिनेट उप्रान्त परिध । करण–वणिज,दिउसो ०३ बजेर ५३ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ४२ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेट । दिनमान ३२ घडी ४७ पला । अन्तरराष्ट्रिय नृत्य दिवस । शशिधर जन्मजयन्ती ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईँको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । तपाईँका सुचनाहरु बहिरिने हुँदा मान सम्मानमा कमिको महशुष हुनेछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नुभन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
जीवन साथीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलाशी सामान हात लागी हुने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ । उपहार तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिवार तथा आफन्तसँग घरायसी कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागी आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनि हुनेछ भने राजनीतिक यात्रा सफल रुपमा अगाडी बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउने समय रहेकोछ । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । खाद्यान्न तथा मेडिकल व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । नियम संगत काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बित्तिय क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरि आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस