वि.सं.२०७८ साल बैसाख १३ गते सोमबार । ईश्वी सन् २०२१ अप्रिल २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– चतुर्दशी,१६ घडी ५० पला,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–चित्रा,४४ घडी ५९ पला,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त स्वाती । योग– बज्र,४८ घडी २८ पला,रातको १२ बजेर २४ मिनेट उप्रान्त सिद्धि । करण–वणिज,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–कन्या,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यावसायिक क्षेत्रमा गरिएको लागानीबाट आउने आम्दानिले भबिश्यको लागी भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथि हरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट विवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु भन्दा पछी परिने चिन्ताले सताउनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाव सिर्जना हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । तरपनि मन्दिर वा धार्मिक प्रतिष्ठान तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले व्यापारमा बृद्धि हुनेछ । कुटुम्बसँगको सम्बन्धमा थप प्रगाडता थपिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । माया प्रेममा एकअर्कालाई बुझ्न नसक्दा केही समयका लागी टाडिनु पर्ने हुन सक्छ । अध्ययनमा अली बढी समय लगानी गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउदा भविश्यमा आम्दानी भईरहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हात लागी हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँनयाँ बाटाहरु फेला पर्नेछन् । प्राकृतिक स्रोत साधनको प्रयोगबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । आत्मिय मित्रहरुसँग भेटघाट हुने तथा लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । बिहानको समय राम्रो रहेकोले धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा चासो बढ्ने तथा लामो दुरिको यात्राको तय हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस