वि.सं.२०७८ साल बैसाख ११ गते शनिबार । ईश्वी सन् २०२१ अप्रिल २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–द्वादशी,२६ घडी ३६ पला,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराफाल्गुनी,५१ घडी ३४ पला,रातको ०२ बजेर १० मिनेट उप्रान्त हस्त । योग–ध्रुव,०८ घडी ४२ पला,बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त व्याघात । करण–बालव,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–सिंह,बिहान ०८ बजेर ५३ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध राम्रो हुनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय तथा परिस्थितीको तालमेल मिल्दा चाहेको उपलव्धी हासिल गर्न सकिनेछ । गरेको कामबाट भनेजस्तो आम्दानी हुँदा व्यापारमा थप लगानी बढाउन सकिनेछ । आफन्त तथा सन्तानको सहयोगले दैनिकी सहजीकरणतर्फ धकेलिनेछ । पढाइ लेखाइ राम्रो हुने तथा पढाइकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घरजग्गा तथा सवारी साधनको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाइ लेखाइ कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको विकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउनेहरु सक्रिय रहनेछन् । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनाले मन बिचलित हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा दाजुभाईबाट सहयोेग पाईनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा सापटी दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृड हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयले त्यती साथ नदिय पनी प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडी बढ्नुहोला । गाएन तथा सांगितिक क्षेत्रमा समय लगानी गर्नेहरुले समाज वा सामाजिक सञ्जालबाट राम्रो समर्थन पाउनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाती रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगती गर्न सकिने छैन । खानपान तथा बाहिरी वाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ काममा हात हाल्ने समय रहेकोछ भने पैत्रिक धन तथा सम्पतीको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडी बढ्नुहोला । कृषि तथा पशुपालन व्यावासायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पती प्राप्तीको योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरि लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धीमुलक हुनेछ । धार्मिक यात्राको तय हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । रमाईलो यात्राको बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समय देखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि रिसर्च पर्सनका लागी समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस