वि.सं.२०७८ साल बैसाख १० गते शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– एकादशी,३० घडी १९ पला,बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाफाल्गुनी,५३ घडी ४८ पला,रातको ०३ बजेर ०५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–वृद्धि,१४ घडी १० पला,बिहान ११ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण– वणिज,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४२ मिनेट उप्रान्त बव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २६ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा बित्तिय क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीतिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् । साझपख अध्ययन तथा कामको शिलशिलामा यात्राको तय हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
लेखन,कला तथा साहित्यको क्षेत्रमा प्रसस्त समय दिएपनि ढिलामात्र चाहेको उपलब्धी हासिल हुनेछ । न्यालयसँग सम्बन्धित कामहरु थाती राख्नुहोला समय मध्ययम रहेकोछ । दाजुभाई तथा छिमेकीसँग सम्बन्ध चिसिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । व्यापारमा मन्दी आउने तथा उत्पादन मुलक क्षेत्रमा घाटा लाग्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । साझपख लामो दुरिको यात्राको लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानी कमी नै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ । साझपख ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारमा आज गरिने लगानिबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागि जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रुपैयापैसा लेनदेन तथा सापटी लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्तसँग मनमुटाब बढ्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदमहरु निरर्थक हुनेछन् । बाटो हिड्दा तथा सवारी साधन चलाउदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउने समस्याले व्यापार व्यावसायमा लगानी गर्ने वातावरण खस्केर जानेछ । साझपख अध्ययनमा मन जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सि तथा बिलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच बिस्वासको वातावरण बढेर जानेछ । साझपख अध्ययनमा मान जानेछैन ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विवाद तथा प्रतिस्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईँको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । साझपख समय राम्रोे रहेकोले अध्ययनमा मन जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस