वि.सं.२०७७ साल चैत्र २८ गते । शनिबार । ईश्वी सन् २०२१ अप्रिल १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि– चतुर्दशी,अहोरात्र । नक्षत्र– पूर्वाभाद्रपदा,०४ घडी १४ पला,बिहान ०७ बजेर २९ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ब्रम्ह,२१ घडी ०९ पला,दिउसो ०२ बजेर १५ मिनेट उप्रान्त ऐन्द्र । करण– भद्रा,बेलुकी ०५ बजेर ३२ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–काल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ३६ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट धन आर्जन गर्न सकिनेछ । अध्ययन वा कामको शिलशिलामा बिदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पती प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाईको सहयोगले सवारी साधन प्राप्त हुनेछ भने मनोकामना पुरा हुने समय रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पती प्राप्त हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले केही समय पर्खनु नै राम्रो हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बिभिन्न
भौतिक तथा बिलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय बिस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइ लेखाइमा हुने यात्रा खर्चिलो बन्नेछ भने सफलता प्राप्त गर्न प्रशस्त समय खर्चनु पर्नेछ । हडबढि तथा आत्तिने बानिले घर परिवारमा समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । समयको काम अनुसार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुने तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । तरपनि सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवार तथा आफन्तसँग घरायसी कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागी आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिस्पर्धामा सहभागी हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काम गर्दिन्छु भनेर आषा देखाउनेहरुले धोका दिनेछन् । आफुले बोलेका कुराहरु पुर्याउन नसक्दा आलोचना गनेहरु सक्रिय हुनेछन् । व्यापारमा लगानि गर्नको लागी केहि समय पर्खनुहोला समय मध्ययम रहेकोछ । आर्थिक अभावले चाहेका वस्तु खरिद गर्न सकिनेछैन । प्रेममा मनमुटाब तथा अबिश्वास सिर्जना नहोला भन्न सकिन्न ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउने समय रहेकोछ । नोकरीमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । खाद्यान्न तथा मेडिकल व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस