वि.सं.२०७७ साल चैत्र २० गते । शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–पंचमी,१९ घडी १४ पला,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–अनुराधा,११ घडी १६ पला,बिहान १० बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग– सिद्धि,०४ घडी २० पला,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त व्यातिपात । करण– तैतिल,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त गर,रातको १२ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ०३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आश्वासन तथा बचन दिनेहरुले झुक्याउन सक्छन् ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउदा आउदै न्युन पारिश्रमिकमा समग लगानि गर्नुपर्ने हुन सक्छ । मनपरेको भौतिक बस्तु तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दिदि बहिनी बीच सम्बन्ध बिग्रनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायिक क्षेत्रमा गरिएको लागानीबाट आउने आम्दानिले भबिश्यको लागी भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथि हरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले सानो कामलाई पनि पुनह गर्नु पर्दा मन खिन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुनै हावी हुनेछन् । ऋण लाग्ने तथा उठ्नु पर्ने रुपैया पैसा समय नउठ्नाले व्यापारमा लगानी गर्ने अवसर गुम्नेछ । आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुने तथा मिलेर गरिरहेको काममा बाधा अवरोध सिर्जना नहोला भन्न सकिन्न ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धाको लडाईमा प्रतिस्पर्धीहरुलाई हराउदै परिवार तथा गुरुवर्गहरुका अगाडी प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईँको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट लामो समय सम्म आम्दानी भईरहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनतको समर्थन पाईने योग रहेकोछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रगती गर्दै सफलता हात पार्न सकिनेछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धन भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरी हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय मध्ययम रहेकोछ । बन्द व्यापारमा लगानी गरी पनि आम्दानी थोरै हुनेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुतिरै जानेछ । प्रेममा रमाउने चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रुपैया पैसा तथा भौतिक सम्पतीको राम्रोसँग व्यावस्थापन गर्नुहोला हराउँन सक्छ । दैनिक खर्च भन्दा आकश्मिक खर्च बढेर जानेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । आफन्त,साथिभाईसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । उठ्नुपर्ने रकम तत्काललाई पर सर्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोहरु बढाउन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । दाजुभाईको सहयोगले सवारी साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दी आउनेछ भने आर्थिक रुपमा कमजोर भएको अनुभूति हुनेछ । अध्ययनमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य मनुमटाब बढ्ने तथा जीवन साथीसँग घरायसी कुरामा राय बाजिनेछ । राजनीति तथा सामाजिक काममा आलोचना नै बढि सुन्नु पर्नेछ । तरपनि कृषि पेशालाई परिमार्जन गरि आम्दानी गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको व्यावसाय फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस