बनेपा- काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको छ । नगरभित्रका स्थानीयबासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुकापख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने गरिन्छ ।
यस वर्ष पनि विगतमा झैँ भिन्तुना ग्रुप पनौतीको अगुवाईमा जात्रालाई निरन्तरता दिइएको हो । बेलुकीपख पनौतीको सङ्कटा भवानीको मन्दिरमा पुगेर जात्रा समापन गरेपछि पनौती आसपासका ठाउँमा खेलिने गरेको होली पर्व सम्पन्न भयो भन्ने सङ्केतका रूपमा सो जात्रा मनाइँदै आएको भिन्तुना ग्रुप पनौतीका अध्यक्ष प्रवीण कर्माचार्यले बताउनुभयो । विशेषगरी नेवार समुदायको प्रधानाङ्गहरुको अगुवाईमा मनाइने गरेको सो जात्रा पछिल्लो समयमा पनौतीका नेवार समुदायका सबैले मान्ने गरेको उहाँको भनाइ छ । “प्रधानाङ्गको अगुवाइमा परम्परागतरूपमा चल्दै आएको जात्रा केही वर्षदेखि रोकिएपछि भिन्तुना ग्रुपको अगुवाइमा मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “सबै मिलेर पुनः शुरु गरेको यो दशौँ पटकको जात्रा हो ।”
पनौती नगरपालिकाअन्तर्गत जात्रा तथा पर्व मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले सामूहिकतामा जोड दिएर नगरभित्र व्यवस्थित गर्दै मनाइँदै आएको जात्रामध्येको सङ्कटा जात्रा पनि एक भएको बताउनुभयो । नगरभित्र मनाइने जात्रा नगरको सांस्कृतिक, धार्मिक र परम्परागत पहिचानको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेकाले नगरपालिकाकै समन्वयमा व्यवस्थापन समिति नै गठन गरी जात्रा मनाउँदै आएको उहाँको भनाइ छ ।
उहाँका अनुसार वर्षमा ६६ वटा जात्रा तथा पर्व मनाइने गरिन्छ । नगरपालिकाले जात्रा तथा पर्व मनाउनलाई वार्षिक रु ३५ लाख बजेट छुट्याउँदै आएको छ । “जात्रालाई व्यवस्थित गरी मनाउनका लागि नगरपालिकाले छुट्याएको बजेटबाट जात्रामा समुदायको उपस्थिति र लाग्ने खर्चको आधारमा व्यवस्थापन गरी जात्रा तथा पर्व मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “जात्रामा रमाइलो हुनेभएपछि सङ्कटा जात्रामा पनौतीका चेलीबेटीहरुको उपस्थिति धेरै हुने गरेको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस