काठमाडौँ – पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गतवर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउने क्रम बढ्न थालेको हो ।
महाशिवरात्रिका दिनमात्र पशुपतिनाथ मन्दिरमा रु ३१ लाख १२ हजार ३०० को विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । महाशिवरात्रिका दिन रु पाँच हजार १०० र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो । रु पाँच हजार १०० को विशेष पूजा ३७५ र रु ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उहाँले सुनाउनुभयो । रु पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र रु ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो ।
यही फागुन २५ गतेदेखि रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।
कोषले महाशिवरात्रिका अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गतवर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिर बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताउनुभयो ।
कोरोना जोखिमका कारण यस वर्ष महाशिवरात्रिमा पनि पशुपतिनाथ मन्दिरमा कम भक्तजन आएका छन् । जसका कारण पशुपतिको महाशिवरात्रिका दिनको आयमा प्रभाव परेको कोषले जनाएको छ । गतवर्ष महाशिवरात्रिका दिन रु १० लाखभन्दा बढी भेटी उठेको थियो । यस वर्ष भने रु छ लाखको हाराहारीमा मात्र जम्मा भएको जनाइएको छ ।
महाशिवरात्रिको दिनदेखि पशुपतिनाथ मन्दिर साबिकअनुसार खुला भइसकेको छ । मन्दिर बिहान ५देखि बेलुकी ७ बजेसम्म खुला हुन थालेको छ । गतवर्ष चैत ११ देखि बन्द रहेको मन्दिर नौ महिनापछि पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो २ बजेसम्म मात्र खुला हुने गरेको थियो ।
यसबीचमा पशुपतिनाथ मन्दिरको नित्य पूजा र भोगका समयमा भने करिब एक घण्टा मन्दिर बन्द हुने गरेको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि भने साबिकअनुसार नै मन्दिर खुला भइरहेको कोषले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस