चितवन – चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउनेबारे वाग्मती प्रदेश सरकारले चासो लिएको छ ।
यस विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा बृहत छलफल भएको छ ।
छलफलका क्रममा राम मन्दिरको वास्तुकलाको बारेमा प्रस्तुति पनि भएको छ । प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाउने तयारी गरेका छन । जतिसक्दो चाँडो टेन्डर गरेर राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने विषयमा आवश्यक अनुसन्धानलाई पनि अगाडि बढाउने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिएका छन् । राम मन्दिरसहित माडीलाई धार्मिक केन्द्र बनाउन बनाइने मास्टर प्लानको बारेमा मन्त्रालयका अधिकारी र मुख्यमन्त्री स्थलगत अध्ययनमा पनि जाने उनले बताए ।
“धार्मिक र आर्थिक विकास गरेर पर्यटकीय आकर्षण बढाउन वाल्मीकी आश्रमदेखि जनकपुरसम्म अध्ययन गर्नुपर्ने देखिएको छ”, उनले भने’ “अयोध्याको अध्ययन र मन्दिर निर्माण सँगसँगै अगाडि बढाउने तयारी छ ।”
माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान् राम र सीताको मूर्ति तयार भएको छ । मूर्ति प्रधानमन्त्रीको सचिवालय बालुवाटार परिसरमा राखिएको छ । प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार भएको बताइएको छ । आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना बनाइएको छ ।
प्रधानमन्त्री ओलीले गत माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए । माडी नगरपालिकाले कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरेको छ । गएको असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दाबी गरेपछि चितवनको माडी नगरपालिकाको चर्चा चुलिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस