वि.सं.२०७७ साल फाल्गुन १४ गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–चतुर्दशी,२१ घडी ५१ पला, दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–अश्लेषा,१४ घडी ०३ पला,मध्यान्ह १२ बजेर ११ मिनेट उप्रान्त मघा । योग–अतिगण्ड,४० घडी ३४ पला,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त सुकर्मा । करण– वणिज,दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट,मध्यान्ह १२ बजेर ११ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान २८ घडी ३९ पला । पशुपतिनाथको छायाँ दर्शन, पूर्णिमाव्रत ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाईँ आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धीमा चित्त बुझाउनु पर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । मध्यान्हबाट साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बोलिको प्रभाव बढ्नुको साथै तपाईबाट महत्वपूर्ण तथा दुरगामी निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुशि हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको विकास हुनेछ । कलाकृतिसँग सम्बन्धीत क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समयमा यात्रा हुने तथा विदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धी हासिल गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिससँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ती गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने नतिजा आफ्नै हातमा पार्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मध्यान्हबाट व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
ईमान्दारी तथा लगनशिल भई लाग्नाले मात्र भनेजस्तो सफलता हात पार्न सकिनेछ । लामो दुरिको यात्राको योग रहेकोछ । मध्यान्हबाट जीवनशैलि व्यास्त रहेपनि उपलब्धी भने न्युन हुनेछ । राजनीतिज्ञ तथा सामाजिक काम गर्नेहरुले तपाईँको काम समयमा नगर्दिनाले हातमा आईसकेको उपलब्धी फुत्कन सक्छ । यात्रा गर्दा वा यात्रासँग सम्बन्धीत कामगर्दा ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अबिस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारको लागी बिहानीपखको समय राम्रो रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भौतिक सम्पती तथा विलाशी वस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती हात पार्न सकिनेछ । बिहानको समय मध्यमय रहेकोले विवाद वा प्रतिस्पर्धामा सहभागी नहुनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट विवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु भन्दा पछी परिने चिन्ताले सताउनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाव सिर्जना हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस