वि.सं.२०७७ साल फाल्गुन १२ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–द्वादशी,२३ घडी २१ पला, दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पुनर्वशु ,१२ घडी ०५ पला,बिहान ११ बजेर २६ मिनेट उप्रान्त तिष्य । योग–सौभाग्य,४८ घडी २२ पला,रातको ०१ बजेर ५६ मिनेट उप्रान्त शोभन । करण– बालव,दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ५८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३१ पला । प्रदोषव्रत, भीष्मद्वादशी, वाटुमाघयात्रा, सन्याडुली।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आत्मिय मित्र तथा आमासँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा नतिजा आफ्नो पक्षमा पार्नको लागी अरुदिन भन्दा बढी मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारी तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ । मेहनेतले प्रतिस्पर्धीहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुशि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरि आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
काम तथा अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा हुने ग्रहयोग रहेकोछ । प्रेमको बन्धन कसिनेछ भने योग्य बरबधुको लगन गाठो बाधिने बलियो सम्भावना रहेकोछ । धार्मिक क्षेत्रको यात्रा हुने तथा धार्मिक प्रवचन सुन्ने अवसर जुर्नेछ । अध्ययनमा शुभचिन्तक तथा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै राम्रो नतिजा हात पार्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
संकट व्यावस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हावी हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारी साधन चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागी प्रयोग होईनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्नी बीच अबिश्वास सिर्जना हुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । काम समयमा सम्पन्न गर्न नसक्दा हातबाट अवसरहरु फुत्कन सक्छन् । साझेदारी व्यावसायमा लगानी नवढाउनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले सानो कामलाई पनि पुनह गर्नु पर्दा मन खिन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुनै हावी हुनेछन् । ऋण लाग्ने तथा उठ्नु पर्ने रुपैया पैसा समय नउठ्नाले व्यापारमा लगानी गर्ने अवसर गुम्नेछ । आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुने तथा मिलेर गरिरहेको काममा बाधा अवरोध सिर्जना नहोला भन्न सकिन्न ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन सकिनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस