वि.सं.२०७७ साल फाल्गुन ०५ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–षष्ठी,अहोरात्र । नक्षत्र– अश्विनी,४१ घडी ०४ पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त भरुणी । योग–शुक्ल,४८ घडी ४७ पला,रातको ०२ बजेर १२ मिनेट उप्रान्त ब्रम्ह । करण–कौलव,बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेट । दिनमान २८ घडी ०४ पला । स्कन्द षष्ठी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साधन स्रोत तथा प्रविधिको प्रयोग मार्फत रचनात्मक कार्य गर्न सकिनेछ । पुराना तथा नयाँ मित्रहरुको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । राजनीतिकर्मि तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । व्यापारमा नया प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । भौतिक बस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनेछ । लगानी बढाएपनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन निकै नै मेहनेत गर्नु पर्नेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पशुजन्य तथा कृषिजन्य व्यापार व्यावसायबाट मनग्गे धनलाभ हुनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बिद्यार्थीहरुका लागी आजको दिन फलदायी रहेकोछ भने प्रेममा गर्नेहरुका लागी समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा आज गरिने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागि जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सुयोग्य बर तथा कन्याको लगन गाठो कसिने प्रशस्त सम्भावना रहेकोछ भने मित्रताको बन्धन कसिलो हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नती तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको जित हुनेछ । मामा तथा मावली पक्षबाट राम्रो सहयोग पाईनाले व्यापार व्यावसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग राम्रा काम गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । स्थाई सम्पती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धी मुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा साथिभाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसकेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस