पाेखरा – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताएका छन् ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले मगर समुदायका माघे सङ्क्रान्ति, थारू समुदायका माघी, गुरुङ समुदायका माङी ल्हें, छन्त्याल समुदायका छार म्हेङ, तीन गाउँले थकाली समुदायका नयाँ वर्ष २१४८ (गाई वर्ग–ल्हाङल्हो) का अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् ।
“नेपाल सरकारले माघे सङ्क्रान्तिलाई औपचारिकरूपमा मगर तथा थारू समुदायको राष्ट्रिय पर्वको मान्यता दिएको छ”, उनले सन्देशमा भनेका छन्, “यसलाई मुलुकका प्रायः सबै समुदायले धुमधामका साथ परम्परागतदेखि नै मनाउँदै आएको पाइएको छ ।”
विभिन्न समुदायमा यसलाई फरक–फरक नामले पुकारिए पनि समग्रमा माघे सङ्क्रान्ति पर्व जाडोको अन्त्य हुने र न्यानोको आगमन हुने दिन भएको सन्देशमा उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ “ पूर्वजहरु कन्दमूलबाटै जीवनयापन गरेको दिनलाई पनि यस पर्वले पुनः स्मृतिको ऐतिहासिक सम्झना हाम्रा पुसमा पकाएर माघमा खाने तरुल, सखरखण्ड आदि फलहरु खाने चलनको निरन्तरता कायम रहिआएको उदाहरणबाट माघे सङ्क्रान्ति पर्वको नेपाली समुदायमा अत्यन्त ठूलो महिमा छ भन्ने प्रमाणित हुन्छ । ”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस