वि.सं.२०७७ साल पौष २९ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–औशी,०८ घडी ४१ पला,बिहान १० बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराषाढा,५८ घडी ०९ पला । योग–हर्षण,४५ घडी ४६ पला,रातको ०१ बजेर १६ मिनेट उप्रान्त बज्र । करण–नाग,बिहान १० बजेर २६ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी ०९ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–धनु,मध्यान्ह १२ बजेर ३१ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २६ घडी १४ पला । स्नानदानका लागि औशी, गयामौनी र पौषी औँशी, वेत्रावति, विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण हलोबार्ने ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफुभन्दा बिशिष्ट व्याक्तित्व हरुसँग मित्रता बढ्ने तथा व्यापारमा लगानी गर्ने बिषयमा छलफल गर्न सकिनेछ । आम्दानिका स्रोतहरु थपिने तथा दैनिकी सहज हुनेछ । अध्ययनमा राम्रो सफलता हात पार्न सकिनेछ भने शैक्षिक यात्रा हुनेछ । टाडिएका मित्र तथा आफन्त नजिक हुनाले मन प्रशन्न हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिनेछ । बिहानको समय मध्ययम रहेकोले धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले सरकारी तथा प्रशासनिक काममा ढिला शुस्तिको चपेटामा परिनेछ । सेवा प्रवाह गर्नेहरुले तपाईँको काम समयमा नगर्दिनाले उपलब्धी ढिला प्राप्त हुनेछ । पढाइ लेखाइमा नतिजा आफैतिर पार्नको लागी प्रशस्त समय खर्चिनु पर्नेछ । आफन्त तथा अग्रजसँग सन्तुलित व्यावहार गर्नुहोला । यात्रागर्दा ध्यान दिनुहोला यात्रामा बिभिन्न अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार तथा जागिरमा सन्तुष्ट हुने समय रहेकोछ । व्यापार तथा व्यापार बिस्तारकै सवालमा लामो दुरिको यात्रा हुनेछ । पढाई लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धी हासिल हुनेछ । भौतिक सम्पती तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्धामा विजयको योग रहेकोछ । विवाद तथा न्यायिक फैसलामा तपाईकै जित निश्चित छ । राम्रा तथा परिणाममुखि व्यापारमा लगानि बढाई आम्दानि दोब्बर पार्न सकिनेछ । मामा,मावली तथा आफन्तको सहयोगले अगाडि बढ्न प्रेरित गर्नेछ । अध्ययनमा समय दिने बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोछ । बिहानको समय मध्ययम रहेकोले अवसर प्राप्त भएपनि समयमा काम गर्न सकिनेछैन । अध्ययनमा ध्यान नजादा प्रतिष्पर्धिहरुनै हावी हुनेछन् ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुने तथा पति पत्नि बिच मनमुटाब बड्न सक्छ । लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन अरुदिन भन्दा बढि समय खर्चनु पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि बढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाईमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लेखन कला तथा साहित्यमा समय लगानी गरी आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सवारी चलाउदा ध्यान दिनुहोेला । प्रेममा अबिश्वास सिर्जना हुने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । गाएन तथा मोडलिङ पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइ लेखाइमा मान नजाने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाईनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेकोछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोहरु बढाउन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । दाजुभाईको सहयोगले सवारी साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस