वि.सं.२०७७ साल पौष १६ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–प्रतिपदा,०५ घडी ५६ पला,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पुनर्वशु,३३ घडी १० पला,बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त तिष्य । योग– ऐन्द्र,२२ घडी ०२ पला,दिउसो ०३ बजेर ४५ मिनेट उप्रँन्त वैधृती । करण–कौलव,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ३३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन,दिउसो ०२ बजेर ०२ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला । कोका कौशिका संगममा मेला । राष्ट्रिय मेलमिलाप दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई तथा छिमेकिसँग घरायसी कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउन सक्नेछन् । साझपख यात्राको गतिलो योग रहेकोछ भने न्यायिक निर्णय तपाईंकै पक्षमा हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सेल्फ कन्फिडेन्ट बढ्ने तथा आट,शाहस, पराक्रम गरि राम्रा काम गर्न सकिनेछ । आर्थिक क्रिर्याकलापहरु फस्टाएर जाने तथा व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा नाम आर्जन गर्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तको सहयोग पाईनाले देखिने काम गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुने छैनन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । बिधी बिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरी तरल पदार्थ तथा खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । साझपख यात्रा हुने योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसायमा प्रसस्त समय लगानी गरेपनि न्युन आम्दानीमा चित्त बुझाउनु पर्नेछ । आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गदागर्दै आलोचना सहनु पर्नेछ । अग्रज तथा आफन्तसँग विवाद तथा मनमुटाब सिर्जना हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोाछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धीत सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ । साझपख व्यापारमा मन्दी आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले बिलाशी तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । बन्द व्यापारमा मन्दि आउने तथा दैनिकी कष्टकर हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा अग्रजहरुसँग राय बाजिनेछ । साझपख स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईँको बिपक्षमा फैसला हुनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । साझपख समय राम्रो रहेकोले भौतिक सम्पती तथा भौतिक सम्पती प्राप्त हुने योग रहेकोछ । एकल तथा साझेदारी व्यावसायबाट मनग्गने धन लाभ हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ज्ञान तथा बुद्धिको प्रयोग गरि लेखनकला तथा साहित्यलाई निखार्न सकिनेछ । घरपरिवार तथा समाजमा तपाईँले गरेको कामको सबैले समर्थन गर्र्नेछन् । अविवाहित हुनुहुन्छ भने प्रेम प्रश्ताव आउने बलियो सम्भावना रहेकोछ । शेयर बजार तथा व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जानेछ । बिलाशी सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । साझपख विवाद वा प्रतिस्पर्धामा भाग नलिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । साझबाट समय राम्रो रहेकोले खोजमुलक क्षेत्रमा गरिएको प्रयासबाट सकारात्मक नतिजा आउनाले मन प्रशन्न हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस