वि.सं.२०७७ साल पौष १४ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्दशी,०१ घडी ५२ पला,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मृगशिरा,२७ घडी २३ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त आद्रा । योग–शुक्ल,२५ घडी ३० पला,बेलुकी ०५ बजेर ०७ मिनेट उप्रान्त ब्रम्ह । करण– वणिज,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २५ घडी ५२ पला । नुवाकोटमा दुप्चेश्वर मेला । दत्तात्रय जयन्ती ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट अरुदिनभन्दा नाँफा बढी लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समाजसमा प्रतिष्ठित काम गर्दै नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पहिल गरिएका लगानिबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा प्रगती भएर जाने तथा अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । सवारी साधनमा सामान्य दुर्घटना हुने योग रहेकोछ । आफन्त तथा साथिभाईहरुलाई तुरुन्त विश्वास गर्नाले समस्या पर्न सक्छ । अध्ययनमा समय दिनेहरुले भनेजस्तो नतिजा हात पार्न प्रशस्त समय खर्चनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले आज गरिने कामहरु ढिलामात्र सम्पादन हुनेछन् । समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्रा लगानी गर्नुहोला व्यापारमा मन्दि आउने योग रहेकोछ । पढाइ लेखाइमा आशिंक सफलता हात पार्न सकिनेछ । अग्रज,आफन्त तथा बुवासँग मनमुटाब बढ्ने योग रहेकोछ । नोकरिमा दुर्गम स्थानमा स्थानान्तरण तथा केही कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धीमुलक हुनेछ । धार्मिक यात्राको तय हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । रमाईलो यात्राको बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अबिस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्नी बीच अबिश्वास सिर्जना हुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । काम समयमा सम्पन्न गर्न नसक्दा हातबाट अवसरहरु फुत्कन सक्छन् । साझेदारि व्यावसायमा लगानि नवढाउनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कुनैपनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछी लाभहुने काम सुरु गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीतिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस