वि.सं.२०७७ साल पौष ०४ गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–पंचमी,२६ घडी ०५ पला,बेलुकी ०५ बजेर १७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–धनिष्ठा,४० घडी ४१ पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त शतभिषा । योग–हर्षण,२४ घडी ३६ पला,बेलुकी ०४ बजेर ३७ मिनेट उप्रान्त बज्र । करण–बालव,बेलुकी ०५ बजेर १७ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर २६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,बिहान १० बजेर ४५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २५ घडी ४९ पला । विवाह पञ्चमी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अवसरहरुलाई सदुयोग गरि मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्ने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा उत्पादनमुलक क्षेत्रमा लगानि गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापारमा लगानी गर्नेहरुका लागी बिहानको समय मध्ययम रहेपनि साझको समय उत्तम रहेकोछ । अध्यनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा राम्रो पहिचान बनाउँन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । नसोचेको धन तथा सम्पती हातलागी हुने योग रहेकोछ । साझपख धार्मिम तथा शैक्षिक यात्राको उत्कृष्ट समय रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक वस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धीमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारको शिलशिलामा छोटो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राम्रा काम गरी अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राम्रा तथा परिणाममूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धन भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साधन स्रोत तथा प्रविधिको प्रयोग मार्फत रचनात्मक कार्य गर्न सकिनेछ । पुराना तथा नया मित्रहरुको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । राजनीतिकर्मि तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारमा नया प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । भौतिक बस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो दुरिको यात्राको लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायि रहनेछ । अग्रज तथा आफन्तको समयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस